कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

क्षेत्राधिकारको विषयमा संघविरुद्ध वाग्मती प्रदेशको रिट

सुवास विडारी

मकवानपुर — प्रदेशको अधिकार क्षेत्रात्रिकारमाथि हस्तक्षेप भएकोभन्दै संघीय सरकारविरुद्ध वाग्मती प्रदेशले  सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । आइतबार प्रदेशले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो । सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो ।

क्षेत्राधिकारको विषयमा संघविरुद्ध वाग्मती प्रदेशको रिट

संविधानअनुसार यातायात व्यवस्थापन प्रदेशको एकल अधिकार सूचीमा रहेकोछ । प्रदेश सरकारले प्रदेशभित्र यातायात सम्बन्धी व्यवस्थापनको संविधान प्रदत्त अधिकार पाएकोमा काठमाडौं उपत्यकाको ३ जिल्लालाई वाग्मती प्रदेशबाट झिकी, अलग गर्न खोजेपछि सर्वोच्चसम्म पुग्ने अवस्था आएको हो । उक्त व्यवस्थाको विरुद्ध संघीय सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने बहानमा यातायात प्राधिकरण निर्माण गरेको थियो । जसको कारण प्रदेश र संघवीच लामो समयदेखि विवाद हुँदै आइरहेको थियो ।

प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

मन्त्री लम्सालका अनुसार रिट निवेदनमा संघीय संसदबाट जारी गरिएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को नाममा रहेको व्यवस्थापन भन्ने शब्द, प्रस्तावनामा रहेको शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय लागतप्रभावी र सुरक्षित बनाइ व्यवस्थापन, विकास तथा विस्तार गर्ने भन्ने विषय संविधानसँग बाझिएको दाबी गरिएको छ ।

‘उक्त ऐन नेपालको संविधानसँग प्रत्यक्ष रुपमा बाझिएको हुँदा बाझिएको हदसम्म नेपालको संविधानको धारा १३३ (१) बमोजिम प्रारम्भ भएको मितिदेखि अमान्य र बदर घोषित गरी पाउँ भनी मागदाबी गरिएको छ । रिट निवेदनमा उत्प्रेषण, परमादेश, आदेश जारी गरी संविधान र संविधानले नै प्रदेश सरकारलाई दिएको अधिकार संरक्षण गरी पाउँ भनी माग गरिएको छ ।’, उनले भने ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात सञ्चालन व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार संघीय सरकार मातहत रहने गरी ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ बनाई संघीय संसद्बाट पारित गराइ लागू गराउन खोजेको छ । सो ऐन अनुसार उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको समग्र व्यवस्थापन संघीय सरकारले सो कानुन अनुसार गठन गर्ने प्राधिकरण मातहत ल्याएको उक्त ऐनको प्रस्तावना र यसको उद्धेश्यबाट देखिने रिट निवेदनमा उल्लेख छ ।

प्रकाशित : कार्तिक १३, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?