२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रसुवामा आलु बोकेको गाडी दुर्घटना : ३ जनाको मृत्यु‚ ५ घाइते

बलराम घिमिरे

रसुवा — रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आमाछोरिङ्मो-२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको रसुवा जिल्लाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए । घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइँदै गरेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन २२, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?