१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

हावाहुरीले दुई घरमा क्षति

केदार शिवाकोटी

दोलखा — दोलखाको मेलुङ गाउँपालिका-५ डाँडाखर्कमा हावाहुरीले दुई घरमा क्षति गरेको छ । बुधबार राति डाँडाखर्कका पूर्णबहादुर मगर र लालबहादुर थामीको घरमा क्षति भएको हो । हावाहुरीसहित आएको असिनापानीले मकैबालीमा पनि क्षति गरेको छ ।  

हावाहुरीले दुई घरमा क्षति

वडाध्यक्ष ललितबहादुर मगरका अनुसार हावाहुरीले पूर्णबहादुरको घरको छाना उडाएको छ भने हावाहुरीले ढालेको रुखले थामीको घरमा थिचिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

हावाहुरीले उक्त बस्तीका केही गाउँलेका गोठसँगै एउटा मन्दिरमा पनि क्षति गरेको उनले बताए । उनका अनुसार हावाहुरीसहितको असिनापानीले मकैबालीमा पनि क्षति गरेको छ ।


प्रकाशित : भाद्र २१, २०८० १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?