कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

रेडपान्डा ट्रफी नौकुण्डलाई

बलराम घिमिरे

रसुवा — २८औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा आयोजना गरिएको ११औं रेडपान्डा ट्रफी हात पार्न नौकुण्ड सफल भएको छ । २८ औं वन्यजन्तु सप्ताहको अवसरमा जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा सरसफाइ, चरा अवलोकन तथा रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता गरिएको थियो । 

रेडपान्डा ट्रफी नौकुण्डलाई

बिहीबार सम्पन्न भएको फाइनल खेलमा नौकुण्डले अकियासलाई सोझो तीन सेटमा पराजित गर्दै ११ औं रेडपन्डा ट्रफी हात पार्न सफल भएको हो । विजेता टिमलाई नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

उपविजेता टिमले ७७ हजार ७ सय ७७ रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । त्यस्तै दुई टिमलाई नगद २२ हजार २ सय २२ सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १० वटा टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित : वैशाख ८, २०८० १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?