२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बिष्णुपुर गाउँपालिका अध्यक्षले पाए सफाइ

अवधेशकुमार झा

राजविराज — भ्रष्टाचारसम्बन्धी मुद्दामा सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई बिशेष अदालतले सफाइ दिएको छ । 

बिष्णुपुर गाउँपालिका अध्यक्षले पाए सफाइ

बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचार समबन्धी मुद्दामा गाउँपालिका अध्यक्ष यादव सहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको बिशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

गत साउन ३१ गते राजविराजस्थित गजेन्द्र चौक नजिकबाट लेखापाल टुकनारायण र कम्प्युटर अपरेटर बिरेन्द्रलाई योजनाको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिदै गरेको अबस्थामा पक्राउ गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु दुबैजना सहित गाउँपालिका अध्यक्षलाई समेतलाई प्रतिवादी बनाई बिशेष अदालतमा गत भदौ १९ गते आरोप पत्र दायर गरेको थियो ।

सो क्रममा अख्तियारमा बयान दिन गएका बेला अध्यक्ष यादवलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो । बिशेष अदालतमा थुनछेकको बहसपछि धरौटीमा रिहा भएका पालिका अध्यक्ष यादवसहित तिनैजनालाई शुक्रबार बिशेष अदालतले सफाइ दिने फैसला गरेको हो ।

बिशेष अदालतले सफाइ दिने फैसला गरेसंगै आरोप पत्र दायर भएको दिनदेखी पालिका अध्यक्षवाट निलम्बित उमेश यादव पुन गा“उपालिका अध्यक्षमा फर्किने भएका छन् । अख्तियारले मुद्दा चलाएका मध्इे सफाइ पाएर पुन पदमा फर्किने उमेश जिल्लाको दोश्रो पालिका प्रमुख भएका छन् । यस अघि बोदेवरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंहपनि बिशेष अदालतवाट सफाइ पाएर नगर प्रमुखमा कामकाज सुरु गरिसकेका छन् ।

प्रकाशित : चैत्र २३, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?