कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

स्रोत नखुलेको रकमसहित दुई पक्राउ

सर्लाही — सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १० लाखसहित पक्राउ परेकाको बयानका आधारमा प्रहरीले थप करिब १८ लाख रुपैयाँसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको हो । 

स्रोत नखुलेको रकमसहित दुई पक्राउ

सदरमुकाम मलंगवा नगरपालिका–९ स्थित सडकमा कालो रङको झोला पिठ्युँमा बोकी हिँडिरहेका मलंगवा–३ का कमर राजालाई प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट १ हजार दरको हजार थान गरी जम्मा १० लाख नगद बरामद गरेको थियो ।

पक्राउ परेका राजालाई रकमको स्रोत खुलाउन भनेपछि उनले सोही ठाउँका आरिफ शेखले सञ्चालन गरेको सिटी मोबाइल सेन्टरबाट ल्याएको भनेपछि प्रहरी मोबाइल सेन्टरमा पुगेका थिए ।

सो पसलको कानुन बमोजिम खानतलासी गर्दा र्‍याक भित्र राखिएको खैरो रङको कपडाको झोला भित्र १ हजार दरको १ हजार ४ सय ५४ थान, ५ सय दरको ६ सय २२ थान, १ सयको १ सय ९ थान, ५० र २० को एक–एक थान गरि थप १७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनका अनुसार कुल २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँको स्रोत नखुलेपछि रकमसहित दुई जनालई नियन्त्रणमा लिइएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेकाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरू अवैध सुनको कारोबारमा पनि संलग्न भएको आशंका गरिएको छ ।

प्रकाशित : चैत्र १९, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?