कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजासहित एक पक्राउ 

शिव पुरी

रौतहट — रौतहटको फतुवाविजयपुर नगरपालिका –११ स्थित बछनपूर्वा गाउँका दयालाल पासवानलाई लागूऔषध गाँजासहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

गाँजासहित एक पक्राउ 

पासवानले बाहिरबाट लागूऔषध गाँजा ल्याइराखेको सूचना पाएपछि प्रहरी चौकी दुधिअवाबाट खटेको टोलीले पासवानको घरमा छापामारेको थियो । छापा मार्दा १७ किलो ५ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी गौरका डीएसपी एलिजा गिरीले जानकारी दिइन् । ‘गाँजा कहाँबाट ल्याएको भन्ने खुलेको छैन । हामी अनुसन्धान गर्दै छौं,' उनलेभनिन्,‘गाँजा ओसारपसार रोक्न प्रहरीले निगरानी बढाएको छ । पासवानसँग अरु पनि कोही संलग्न छन् भन्ने पत्ता लगाउँदै छौं ।’अहिले उनलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनिया राखेर लागूऔषधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनायो ।

प्रकाशित : चैत्र १६, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?