कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

शिव पुरी

रौतहट — रौतहटको वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको छ । 

वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी गरुडाका डीएसपी ओम खनालले जानकारी दिए । वाग्मती बगरमा घाँस काट्न गएका बेला दुवैबीच विवाद भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका वाइबाले श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हल्ला गरेका थिए ।

उनी आफैले पनि घाँटी रेटेर आत्महत्या गर्न लागेको अवस्थामा फेला पारेको प्रहरीले बतायो । वाइबाको घाँटीमा गम्भीर चोट छ । उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । डीएसपी खनालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : चैत्र १४, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?