कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सन्तोष सिंह

धनुषा — जनकपुर–ढल्केवर सडक खण्डको लक्ष्मीनियामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई पछाडिबाट बी.एल.१२ सी ०९४४ भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा महोत्तरी, लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साहको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको हो ।

यस्तै जनकपुरधाममा ई–रिक्साको चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साहीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी अवाले बताए ।

चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो ।

प्रकाशित : चैत्र १३, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?