कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरधाममा आज होली मनाइँदै

सन्तोष सिंह

धनुषा — जनकपुरधाममा मंगलबार होली मनाइँदै छ ।  मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन पञ्चकोशी अन्तरगृह परिक्रमा घुमेको भोलिपल्ट  मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।

जनकपुरधाममा आज होली मनाइँदै

सोमबार जनकपुरमा अन्तरगृह परिक्रमा घुमेपछि मंगलबार र बुधबार होली मनाउन लागेका हुन्। आज शाकाहारीहरुले मालपुवा, पुरी, दहीवारा, मिठाईलगायतको मिष्ठान्न परिकार खाएर विधिवत रंग-अबिर लगाएर होली पर्व मनाइरहेका छन् । मंगलबार माछामासु, मदिरा सेवन नगर्नेले भोलि बुधबार होली पर्व मनाउने तयारीमा छन् ।

जनपुरधामका मेयर मनोजकुमार साह परिक्रमा समापनको भोलिपल्ट होली हुने भएकाले आजै होली पर्व मनाउन आग्रह गरेका छन् । उनले मासु-मदिरा खानेको होली जहिल्यै पनि हुने भएकाले त्यसको पछाडि नलाग्न अनुरोध गरेका हुन् । होली पर्वको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको छ ।

प्रकाशित : चैत्र १३, २०८० १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?