कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

अवधेशकुमार झा

राजविराज — सप्तरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना सख्त घाइते भएका छन् ।  अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित भित्री सडक खण्डमा राजविराजबाट कंचनपुरतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार महदेवा गाउँपालिका ४ का ३५ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार पुलको पिलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालक भारत बिहारको सुपौल जिल्ला डंगमारा बस्ने २३ वर्षीय अजयकुमार मण्डल र पछाडि सवार श्रवण गम्भीर घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा श्रवणको उपचारको क्रममा मृत्यु भएको न्यौपानेले जनाए ।

प्रकाशित : चैत्र १३, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?