कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

सन्तोष सिंह

धनुषा — जनकपुर-ढल्केबर सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

मिथिला नगरपालिका २ स्थित विश्वकर्मा चोकमा सोमबार साँझ करिब साढे ६ बजे दुर्घटना भएको हो ।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र.२–००२–००१ च ०७१२ नम्बरको एम्बुलेन्स पवित्री हेल्थ केयर विष्णुपुर सिरहाले सोही दिशामा जाँदै गरेको ज ११ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिथिला नगरपालिका–३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते २५ वर्षीय सरोजकुमार महतोलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ । मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : चैत्र १२, २०८० २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?