कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

मोटरसाइकल चोरी घरको दराजमा लुकेका व्यक्ति पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरलाई घरबाटै नियन्त्रणमा लिएको छ । घरको दराजमा लक गरिएको अवस्थामा प्रहरीले चोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मोटरसाइकल चोरी घरको दराजमा लुकेका व्यक्ति पक्राउ

बुधबार साँझ लालबन्दी नगरपालिका–१७ रानीगन्जबाट प्रदेश–३–०२–०१२प ५८३१ नम्बरको यमहाको एफजेड मोटरसाइकल चोरी भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोलका २८ वर्षीय रामकरण महतोलाई नियन्त्रणमा लिएको हो ।

महतोको घरबाट चोरिएको एफजेड मोटरसाइकलसहित अन्य मोटरसाइकलबाट निकालिएका नम्बर प्लेट, ट्यांकीसहित विभिन्न पार्टपूर्जा समेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घरबाट चोरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले शंका लागेर घरभित्र जाँच गर्दा महतो बाहिरबाट लक गरिएको दराजभित्र लुकेर बसेका थिए ।

विभिन्न मोटरसाइकलको नम्बर प्लेट, ट्यांकी लगायतका पार्टपूर्जा बरामद भएपछि महतो मोटरसाइकल चोरीको गिरोहमा सक्रिय रहेको प्रहरीको आशंका छ । चोरी आरोपमा पक्राउ परेका महतोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?