कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा भन्सार छली ल्याइएका कपडा बरामद

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको सीमावर्ती गाउँबाट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्य बराबरको कपडा बरामद गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने मलंगवा नगरपालिका–४ खुटौनाबाट शुक्रबार बिहान प्रहरीले लाखौं मूल्य पर्ने कपडा बरामद गरेको हो ।

सर्लाहीमा भन्सार छली ल्याइएका कपडा बरामद

राति राति भन्सार छली कपडा ल्याइएको सूचना पाएको प्रहरीले सीमामा रहेको एक घरमा खानतलासी गर्दा उक्त कपडा फेला पारेको हो । बरामद गरिएका कपडामा कुर्था, सुरुवाल, सारी, धोती तथा बच्चाको कपडा रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भारतबाट भन्सार छली ल्याइएका कपडा जिल्ला भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको बताए ।

नेपाल भारत सीमामा पछिल्लो समय कडाइ गरिएपछि तस्करहरुले प्रहरीको आँखा छल्न राति राति कारोबार गर्न थालेको छ । बिहीबार मात्र बलराबाट भारत कट्नै लागेको २० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?