कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको सिमावर्ती क्षेत्र धनकौल पुर्वारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हरिपुर्वा नगरपालिका–३ धनकौल पुर्वारीस्थित भित्री सडकमा बिहीबार ना३४प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । 

सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु 

पहिचान खुलाउने काम भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार तीव्रगतिमा हुँइकिँदै गरेको मोटरसाइकल मोडमा अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिन्छ । उनले दुर्घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?