कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

संरक्षित क्षेत्रका प्रमुखहरूको ४० औं सम्मेलन सकियो

संखुवासभा — २३ बुँदे संकल्प प्रस्ताव पारित गर्दै संखुवासभा सदरमुकाममा आयोजित ४० औं संरक्षित क्षेत्रका प्रमुखहरुको सम्मेलन सकिएको छ । तीन दिन चलेर बिहीबार सम्पन्न भएको सम्मेलनले प्रकृति संरक्षण शिक्षालयलाई सम्पूर्ण संरक्षणकर्मी तथा अध्ययनकर्मीहरुको साझा शिक्षालय बनाउन आवश्यक नितिगत व्यवस्था, भौतिक पूर्वाधारको निर्माण, जनशक्तिको व्यवस्थापन तथा तालिम मार्फत विकास गर्दै लैजाने निर्णय गरेको छ ।

संरक्षित क्षेत्रका प्रमुखहरूको ४० औं सम्मेलन सकियो

त्यस्तै, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र व्यवस्थापन समितिको संस्थागत र संरचनागत सुधार गरी समानुपातिक र समावेशी बनाउने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति/परिषद/राष्ट्रिय सञ्जाललाई संस्थागत मान्यता दिने गरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति/परिषदको छुट्टै कोष सञ्चालनको लागि कानूनी व्यवस्था मिलाउनु पर्ने निर्णय भएको मकालु बरुण राष्टिय निकुञ्ज संखुवासभाका प्रमुख भूमिराज उपाध्यायले बताए ।

उनका अनुसार पशु तथा बाली बिमाको लागि विशेष पहल गर्ने लगायतका निर्णय गरिएको छ । सम्मेलनले लव बिष्टको अध्यक्षतामा मध्यवर्ती क्षेत्र व्यवस्थापन राष्ट्रिय सञ्जाल समेत गठन गरेको छ ।

सम्मेलनमा १२ वटा निकुञ्जका वार्डेन, सिकार आरक्षणका १ र वन्यजन्तु आरक्षणका १ जना वार्डेन सहभागी थिए । त्यस्तै, ६ वटा संरक्षण क्षेत्रका अधिकृत र २ जना प्राणी उद्यानका अधिकृत र १३ जना मध्यवर्ती उपभोक्ता क्षेत्रका अध्यक्ष सामेल थिए । राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विकास विभागले ३ दिने सम्मेलन आयोजना गरेको हो ।

प्रकाशित : चैत्र २२, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?