कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैनपुरमा बसले किचेर सहचालकको मृत्यु

संखुवासभा — चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टस्थित चैनपुर नुनढाकी सडकखण्डमा बसको चक्काले किचेर सहचालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको बसले किचेर मंगलबार मृत्यु भएको हो । 

चैनपुरमा बसले किचेर सहचालकको मृत्यु

मंगलबार बिहान साढे ७ बजे नुनढाकीबाट इटहरी जाँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको चक्काले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी घनश्याम श्रेष्ठले बताए ।

बस धनीसमेत रहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय चालक कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको प्रहरीले जनायो । उनलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : चैत्र ६, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?