कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

देश कमजाेर बनाउन देशी-विदेशी शक्ति लागेका छन् : शेखर काेइराला

देवनारायण साह

माेरङ — कांग्रेस नेता एवं सांसद शेखर काेइरालाले देश कमजाेर बनाउन देशीविदेशी शक्ति लागेकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा काेइरालाले देश र कांग्रेस विकट अवस्थाबाट गुज्रिइरहेको बताएका हुन् ।

देश कमजाेर बनाउन देशी-विदेशी शक्ति लागेका छन् : शेखर काेइराला

कांग्रेस मात्रै लाेकतान्त्रिक र संविधानुसार चल्ने पार्टी भएकाले अहिले चाैतर्फी प्रहार भइरहेको उनले बताए । ´देश र कांग्रेसलाई कमजाेर बनाउन देशीविदेशी शक्तिहरू लागेका छन् त्यसैले कमजाेर हुन दिनुहुँदैन', उनले भने, ´कांग्रेस कमजाेर भयाे भने लाेकतन्त्र छिन्नभिन्न हुन्छ ।'

मुलुकमा अहिले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयतामाथि प्रहार भइरहेकाे काेइरालाले बताए । 'नेतृत्व कमजाेर भइसकेकाले जनताकाे निराशा र आक्राेशले गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता र संघीयतामाथि प्रहार भइरहेकाे हाे', उनले भने, 'त्यसमा पनि मन्त्रीहरूकाे अराजकताले यो सब भइरहेकाे छ ।`

देशमा सुशासन दिन नसक्ने, भ्रष्टाचार र दण्डहीनता राेक्न नसक्ने सरकार भएपछि सर्वसाधारण निरास भएकाे काेइरालाले बताए । 'देशकाे अर्थतन्त्र धरापमा छ, ऋण लिएर कर्मचारी, सांसदले तलब खाइरहेका छन्,' उनले भने, 'हमास र इजरायलको द्वन्द्व साम्य नभए वैदेशिक राेजगार गुमेपछि अर्थतन्त्र धरापमा पर्छ ।'

उनले बैंकहरूले किसानलाई ऋण दिँदैन तर उद्याेगीलाई आदरपूर्वक दिने गरेकाले किसानकाे अवस्था बेहाल भएकाे बताए । 'उखुकाे भुक्तानी पाउँदैन किसानले, देशमा रहेकाे ३५ वटा चिनी मिल बन्द भएर ९ वटा मात्रै चलेकाे छ' उनले भने । मुलुकमा नेतासँगै कर्मचारी र व्यापारी त्यतिकै भ्रष्ट रहेकाे र यी सब ठीक नभएसम्म देशकाे अवस्था नसुध्रिने काेइरालाकाे भनाइ छ ।

मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँबासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताए ।

'झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे छु,' उनले भने, 'अब अस्पतालमा कसैले छाेराछाेरीकाे उपचारका लागि ऋण खाेज्न जानुपर्दैन ।१० वर्षमुनिका प्रदेशभरिका बालबालिकाकाे निःशुल्क उपचारकाे बजेटमा व्यवस्था गरेकाे छु ।'

प्रकाशित : पुस ५, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?