कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ओखलढुंगाको मिसन अस्पतालमा शिशुको मृत्यु, आफन्तले शव बुझेनन्

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगा सामुदायिक अस्पताल मिसनको लापारबाहीले एक महिना २३ दिनकी शिशुको ज्यान गएको भन्दै आफन्तले शव लिन मानिरहेका छैनन् । सिद्धिचरण नगरपालिका-५ का डोमप्रसाद दाहालकी छोरी रियाना दाहाललाई पिसाब रोकिने समस्याले सिकिस्त भएपछि शुक्रबार बिहान अस्पताल ल्याइएको थियो ।

ओखलढुंगाको मिसन अस्पतालमा शिशुको मृत्यु, आफन्तले शव बुझेनन्

अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएकी शिशुलाई अस्पतालले बहिरंग सेवा्मार्फत उपचार गर्नु भनेर पठायो । बहिरंग सेवामा दिउँसो १ बजेसम्म लाइनमा बसेर उपचार पालो आएपछि पुनः चिकित्सकले आकस्मिक कक्षमै रेफर गरे । त्यतिन्जेलमा शिशुको अवस्था गम्भीर भइसकेको थियो । आकस्मिक कक्षमा लगी इन्जेक्सन लगाउँदा नै शिशुले सास फेर्न छोडिसकेको आफन्तको भनाइ छ ।

तर चिकित्सकले शिशुलाई आईसीयूमा राखे । साँझ ९:४५ बजेतिर शिशु मृत भएको अस्पतालले जानकारी दियो । आकस्मिक कक्षमा उपचारका लागि पुर्‍याइएको बिरामी शिशुलाई बहिरंगतर्फ पठाएर समयमै उपचार नगरी लापारबाही गरेको भन्दै आफन्तले अस्पतालले माफी माग्नुपर्ने सर्त राखेको थियो । उल्टै अस्पतालका निर्देशक डा. रोशन खरेलले बिरामीको आफन्तबाट आफूहरु असुरक्षित भएको अभिव्यक्ति दिएपछि आफन्तले चार बुँदे माग राखी शिशुको शव जिम्मा नलिने अडान राखेका छन् ।

अस्पताल निर्देशकको तुरुन्तै राजीनामा, आकस्मिक कक्षका चिकित्सकहरुमाथि छानबिन, अस्पतालले लिखितरुपमा माफी माग्नुपर्ने र आगामी दिनमा गम्भीर अवस्थाका बिरामीलाई आकस्मिक कक्षमा तुरुन्तै भर्ना लिनुपर्ने माग आफन्तको छ ।

एक वर्षदेखि ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा निर्देशकको रुपमा आएका खरेल पटक-पटक विवादमा पर्दै आएका छन् ।

प्रकाशित : आश्विन २०, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?