कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पहिरो प्रभावित ६४ परिवारलाई गाउँपालिकाले अस्थायी संरचना बनाइदिने

आनन्द गौतम

ताप्लेजुङ — असार पहिलो साता गएको पहिरोको जोखिममा रहेका ६४ परिवारलाई मैवाखोला गाउँपालिकाले स्थानान्तरण गर्ने भएको छ । पहिरोको जोखिममा रहेका ओदकका परिवारले स्थानान्तरणका लागि निवेदन दिएपछि गाउँपालिकाले साउन ७ गते आइतबारदेखि अस्थायी संरचना निर्माणको काम सुरु गर्ने भएको हो । 

पहिरो प्रभावित ६४ परिवारलाई गाउँपालिकाले अस्थायी संरचना बनाइदिने

गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गरेको निर्णयअनुसार वडा नम्बर–३ साँघुको मदन भण्डारी रंगशालाको नाममा रहेको जग्गामा संरचना बनाइने छ । पाँच जनासम्मको परिवार बस्न मिल्ने ३५ वटा, आठ जनासम्म बस्न मिल्ने २३ र ११ जनासम्म बस्न मिल्ने ६ वटा संरचना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले वताए । पारिवारिक जनसंख्याको आधारमा टहरा निर्माण गर्न लागिएको हो ।

वनेमका अनुसार सबै संरचनामा एकै किसिमको भान्साकोठा हुनेछन् भने धारा र शौचालय दुई परिवारका लागि एउटा बनाइने छ । अपांगमैत्री शौचालय र धारा निर्माणको योजना रहेको छ । रबरको ड्रम, ट्याङ्की राखेर पानीको व्यवस्थापन गरिने छ । टहराको ड्रइङ डिजाइन सार्वजनिक गरेको छ । तत्काल ६४ परिवारलाई सार्ने योजना रहेपनि कोही कतै समस्यामा परे उनीहरूलाई समेत राख्ने गरीको वढी संरचना वनाउने योजना गाउँपालिकाको छ ।

जनश्रमदान जुटाएर र पालिकाको आफ्नै बजेटबाट संरचना निर्माणको काम सम्पन्न गर्ने दाबी गाउँपालिका अध्यक्षको छ । असार पहिलो साताको भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण मैवाखोला–४ साँघुको बस्ती जोखिममा रहेको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिले संरचना निर्माणका लागि राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयवासीलाई श्रमदानका लागि आह्वान गरेको छ । असार पहिलो साताको पहिरोले जिल्लाको सिदिङ्वा गाउँपालिकामा तीन जनाको ज्यान लिनुका साथै तीनजना बेपत्ता रहेका छन् ।

प्रकाशित : श्रावण ६, २०८० १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?