कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द

आनन्द गौतम

ताप्लेजुङ — विद्यार्थीमा ठेउला देखिएपछि आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । वैशाखदेखि नै देखिन थालेको यसले भयावह रुप लिन थालेपछि जनस्वास्थ्य अधिकृतको सल्लाहमा बन्द गरिएको प्रधानाध्यापक केशवप्रसाद गौतमले जानकारी दिए ।

विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द

३५ जना भन्दा बढी विद्यार्थीमा ठेउला देखिएर ज्वरो समेत आउन थालेपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेको थियो । जनस्वास्थ्य अधिकृत योगराज घिमिरेको नेतृत्वमा गएको टोलीले यो सरुवा रोग भएको र अरु विद्यार्थीमा सर्न नदिन एक साता विद्यालय बन्द गर्न उचित हुने सुझाव दिएपछि आइतबार देखि शुक्रबारसम्मका लागि बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको शिक्षा शाखामा बन्द गर्ने विषयमा समन्वय भएको थियो ।

‘यो भाइरसबाट सर्ने सरुवा रोग हो र रुघाखोकी जस्तै सर्छ,’ जनस्वास्थ्य अधिकृत घिमिरेले भने, ‘यसअघि विद्यालयबाटै सरेको देखिएकाले बन्द गर्दा उचित हुने सुझाव दिएका हौं ।’ सदरमुकाम ल्याएर गरिएको परीक्षणबाट ठेउला पुष्टि भएको उनले वताए । सामान्यतया यो १० देखि २१ दिसम्म सर्ने गरेको घिमिरे बताउँछन् ।

‘वैशाखदेखि नै देखिन थालेको पाइएको छ,’ घिमिरेले भने, ‘अहिले मध्यम अवस्थामा पुगेको हो या अन्तिम अवस्था पहिचान हुन सकेको छैन ।’ बस्ती पातलो भएको र एक अर्कोमा सम्पर्क नभए अरुमा नसर्ने घिमिरे बताउँछन् । त्यसका लागि विद्यालयहरुमा चेतनामूलक सन्देश प्रवाह गरिएको प्रधानाध्यापक गौतमले बताए ।

गाउँपालिकाका अनुसार अहिलेसम्म एउटा विद्यालयमा मात्रै देखिएको सूचना विद्यालयले गरेको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?