ताप्लेजुङमा सवारी दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — आज बिहान भएको सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ । मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका–६ निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बालकका ठूलोबुबा सवारी चालक कृष्णमान गुरुङ घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।


प्रकाशित : जेष्ठ ११, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

सख्त घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर लगियो
महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन् ।

मृतकको संख्या र पहिचानबारे प्रहरीले भने अहिलेसम्म पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् । यसमध्ये ४ जनाको अवस्था सख्त रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएको बताइएको छ । सख्त घाइते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै, सामान्य घाइतेहरु जिप चालक सानीभेरी–५ का दिपक वाठा मगर र सोही स्थानमा मनिषा बस्नेत, रीता खत्री, कल्पना केसी, कर्णवीर पुन र कुसारीलाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्‍याइएको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले मृतक भनिएका ५ जनाको जिल्ला अस्पताल पुर्‍याएपछि मात्रै मृत्यु पुष्टि हुने जानकारी दिए ।

बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×