कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशु बिमाबाट ठगिएको किसानको गुनासो

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–१ तलुवाका महेन्द्र श्रेष्ठले दुहुना भैंसीको नेपाल इन्स्योरेन्स कम्पनीमा बिमा गराए । ब्याउने बेला भैंसी मर्‍यो । प्रक्रिया पूरा गरेर बिमा रकम भुक्तानीको निवेदन दिए । ९० हजार बिमांकको ९० प्रतिशत रकम ८१ हजार रुपैयाँ पाउनुपर्नेमा कम्पनीले ६३ हजारको मात्र चेक बनाएको थाहा पाए ।

पशु बिमाबाट ठगिएको किसानको गुनासो

कम्पनीको कार्यालयमै गएर आफूले बिमांकको ९० प्रतिशत पाउनुपर्ने अडान राखे । तर ‘तपाईंको पैसा त्यतिभन्दा बढी नआउने भयो, आएर हस्ताक्षर गरेर गइदिनुस्, हामी खातामा हाल्दिन्छौं,’ भने । कुनै हालतमा त्यो भन्दा बढी पैसा नपाइने भए ठिकै छ भनी श्रेष्ठले हस्ताक्षर गरे । उनले भने, ‘इन्स्योरेन्स कम्पनीले सरासर ठगी गर्‍यो ।’ तलुवाकै हर्कबहादुर घिमिरेको १५ हजार बराबरको बिमा गरेको एउटा बाख्रा मरेपछि भुक्तानीको दाबी गरे । उनलाई पनि ठ्याक्कै श्रेष्ठलाई जसरी उक्त कम्पनीका कर्मचारीले जवाफ दिए ।

‘मूल्यांकनअनुसारको जति पैसा आएको छ, त्यसैमा हस्ताक्षर गर्दिनुस्, नत्र त्यही पैसा पनि पाउनुहुन्न भनियो,’ घिमिरेले भने, ‘त्यसपछि गएर हस्ताक्षर गरें, १० हजार ८ सय मात्र दियो ।’ जबकि उनले गरेको बिमा सम्झौताअनुसार १३ हजार पाउनुपर्ने हो ।

उक्त कम्पनीले थुप्रै किसानलाई यसरी ठगी गर्दै आएको किसानको आरोप छ । यस विषयमा कम्पनीका ओखलढुंगा शाखा प्रमुख भूपेन्द्र पराजुलीले क्षति मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा ९० प्रतिशत भुक्तानी गरेको बताए । ‘पशु बिमा गरेको अधिकतम् ९० प्रतिशतसम्म मात्र भुक्तानी गर्ने भन्ने प्रावधान हुन्छ । किसानले जति मूल्य बराबरको बिमा गरेको हो, त्यसैलाई सही मानिँदैन । हाम्रो क्षति मूल्यांकन समितिले रिपोर्ट हेरेर स्थानीय बजार मूल्यको आधारमा मूल्यांकन गर्छ्रन्,’ उनले भने, ‘त्यसका आधारमा किसानलाई भुक्तानी दिन्छौं ।’ निर्जीवन बिमा कम्पनीको नियमक निकाय बिमा प्राधिकरणले किसानलाई त्यसरी बिमांकको भुक्तानी नदिनु सरासर गलत भएको जनायो ।

प्रकाशित : माघ २०, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?