कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

प्रदूषित उपत्यका [तस्बिर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — तुवाँलो, हावाहुरी र औद्योगिक प्रदूषणका कारण आइतबार दिनभर काठमाडौं उपत्यकाको आकाश धुम्म रह्यो । डढेलोबाट निस्किएको धुँवा, हावाहुरीसँगै उड्ने धुलोका कण र शहरको प्रदूषणका कारण उपत्यकाको आकाश नै प्रदूषित बनेको हो । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरकोरुपमा मापन भएको छ ।

प्रदूषित सहरको सूचीमा थाइल्याण्डको चियाङ माइ दोश्रो, बंगलादेशको ढाका तेश्रो, कम्बोडियाको नोम पेन चौँथो र भियतनामको हनोइ पाँचौँ स्थानमा छन् । आइतबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक (एक्यूआई) १८० पुग्यो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।


प्रकाशित : चैत्र २५, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्