कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

जलजलामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव [तस्बिरहरु]

तस्बिर : दीपक केसी

पर्वत — जलजला गाउँपालिका-५ लोप्रेमा ११ औं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव भएको छ । लाटोकोसेरो तथा हुचिलको चोरीपैठारी बढेको पाइएपछि गाउँ सहरमा संरक्षण सन्देशका लागि विगत ११ वर्षदेखि उत्सव हुँदै आएको छ । नेपालमा २३ प्रजातिका हुचिल तथा लाटोकोसेरो पाइन्छन् । जिउँदै समाएर बिकी गर्ने र मार्नेसमेत गरेको पाइएको संरक्षणविद् बताउँछन् ।

देशभर विभिन्न व्यावसायिक महोत्सवको भीडमा लाटोकोसेरो तथा हुचिल र अन्य प्रजातिका चरा, वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले संरक्षण उत्सव गरिँदै आएको आयोजक प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए । उनका अनुसार उत्सव आयोजना पछि गाउँ सहरमा लाटोकोसेरो संरक्षण गर्नु पर्छ भन्ने जागरण बढेको र घाइते तथा छोपेर राखेका लाटोकोसेरो उद्धार गर्ने कम बढेको छ ।

विश्वमा नेपाल, भारत, इटाली र अमेरिकामा लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएको छ । गाउँमा लाटोकोसेरो तथा हुचिललगायत वन्यजन्तुको संरक्षण सन्देश दिन र चरा पर्यटनको विकास गर्न उत्सवको आयोजना गरिएको स्थानीय संयोजक यमकुमारी गुरूङले बताइन् । उत्सवमा स्थानीयका साथै विभिन्न जिल्लाबाट सहभागी छन् ।


प्रकाशित : माघ १९, २०८० २३:००
प्रतिक्रिया
पठाउनुहोस्