१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हुम्लामा हिमपात, बाली सप्रिने आसमा किसान

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । गएरातिदेखि मौसममा बदली भई भारी हिमपात भएको हो । यो यस वर्षको दोस्रो हिमपात हो । हुम्लामा यस वर्ष गत मंसिर १८ गते पहिलो हिमपात भएको थियो । गत वर्ष भने माघमा मात्र हिमपात भएको थियो ।

हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेर तापक्रम माइनस ४ डिग्रीमा झरेको छ । चिसोले हुम्लाको जनजीवन प्रभावित भएको छ ।

हिमपातले हुम्लाको एक मात्र हवाई सेवा पनि अवरुद्ध भएको छ । हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ। भने दक्षिणी क्षेत्रकासर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर बर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि हर्षित भएका छन।

हिउँदे वर्षा र हिमपातले पशुपालनलाई असर गरे पनि बालीनालीको उत्पादनमा सहयोग पुग्छ ।

माथिल्लो, मध्य र तल्लो तीन भागमा बाँडिएको हुमलाको माथिल्लो, मध्ये क्षेत्रका सबै गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण उत्तरी हुम्लाको जनजीवन कष्टकर बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित : माघ १८, २०८० ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्