१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

इजरायली आक्रमणमा पत्रकार मारिएकामा निन्दा

पाटन दरबार स्क्वायरमा प्यालेस्टिनी पत्रकारको सम्झनामा दीप प्रज्वलन
तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नेपाली पत्रकारहरूले इजरायली आक्रमणमा पत्रकारहरू परिरहेको भन्दै निन्दा गरेका छन् । सोमबार पत्रकारहरूले पाटन दरबार स्क्वायरमा प्यालेस्टिनी पत्रकारहरूको सम्झनामा दीप प्रज्वलन गर्दै इजरायली आक्रमणको निन्दा गरेका हुन् ।

करिब साढे २ महिनादेखि चलिरहेको इजरायल-हमास युद्धमा गाजापट्टीका ७० भन्दा बढी प्यालेस्टिनी पत्रकारहरू मारिएका छन् । ७ अक्टुबर २०२३ यता गाजामा मारिएका पत्रकारको संख्या अघिल्लो वर्ष अर्थात सन् २०२२ मा विश्वभर हत्या गरिएका पत्रकारको संख्याभन्दा बढी छ । लक्षित बमबारीका क्रममा गाजामा ज्यान गुमाएका धेरै पत्रकारका परिवार सदस्यसमेत मारिएका छन् ।

विश्वव्यापी सामाजिक सञ्जालहरूले प्यालेस्टाइनबाट आउने समाचारलाई दबाउने गरेका सन्दर्भमा गाजाका पत्रकार यस माध्यमबाट विश्वसँग प्रभावकारी ढंगले जोडिन नसकेको पनि नेपाली सञ्चारकर्मीले जनाएका छन् ।

प्रकाशित : पुस १६, २०८० १९:३१
प्रतिक्रिया
पठाउनुहोस्