१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

बालकुमारीमा दुई युवाको मृत्यु भएको विरोधमा माइतीघरमा प्रदर्शन [फोटोफिचर]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शन गर्नेक्रममा दुई युवकको मृत्यु भएको विरोधमा शनिबार युवाहरुले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाको विरोध गरेका थिए ।

प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको छ । निषेधित क्षेत्र घोषणा गरेको क्षेत्रमा प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुन: भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।


प्रकाशित : पुस १४, २०८० १४:११
प्रतिक्रिया
पठाउनुहोस्