१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

समलिंगी जोडी भन्छन् : विवाह दर्ता भएपछि न्याय पायौं

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौँ — विवाह गरेको ६ वर्षपछि नेपालमै पहिलो पटक कानुनी मान्यता पाएका समलिंगी जोडीले न्याय पाएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिका २ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका ८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेले बिहे दर्तापछि आफूहरूलाई न्याय मिलेको बताएका हुन् ।

लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयले बुधबार समलिंगी जोडीको विवाह दर्ता गरेको थियो । काठमाडौं बस्दै आएका दुवैबीच कावासोतीमा ९ वर्षअघि चिनजान भएको थियो । मायाका अनुसार कावासोतीमा रहेको दिदीको खाजा पसलमा जाने क्रममा साथीको होटलमा काम सघाइरहेका सुरेन्द्रसँग भेट भएको थियो । २०७४ मा मन्दिरमा गएर विवाह गरे पनि कानुनी मान्यता पाउन सकेको थिए ।

जोडिले गत बुधबार गाउँमा सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । उनीहरुले यस विवाहलाई रेन्बो विवाहको संज्ञा दिएका छन् । पाण्डेले भने, 'विवाहले कानुनी मान्यता पाएपछि हामीलाई न्याय मिलेको छ । यसमा साथ दिनुहुने सबैलाई धन्यवाद छ । र हामीले गाउँमा गाउँकै परिवेशअनुसार विवाह उत्सव मनायौं।'

प्रकाशित : मंसिर १५, २०८० १३:४१
प्रतिक्रिया
पठाउनुहोस्