१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

काठमाडौं उपत्यकामा छठ पर्वको तयारी [तस्बिरहरु]

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वको तयारी स्वरुप गुहेश्वरीस्थित गौरीघाटमा वाग्मती नदी सरसफाइ गरिँदै छ । त्यस्तै कमलपोखरी, नागपोखरी, मनोहरा खोलाकिनारलाई सिंगार्ने, सरसफाई गर्ने, टेन्ट लगाउने काम भइरहेको छ ।

यस वर्ष सूर्य उपासनाको लोकपर्व छठ पूजाको मुख्य दिन आइतबार मंसिर ३ गते परेको छ । त्यसका लागि भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउको काम गरिरहेका छन् । घरघरै व्रतालुहरु सम्पूर्ण शुद्धताका साथ ठेकुवा, भुसुवा र पुरीलगायतका प्रसाद तयार पार्ने तयारी चल्दै छन् ।

लोक आस्थाअनुरुप सुस्वास्थ्य, समृद्धि, सन्तान सुख तथा सामाजिक विभेदको अन्त्यलगायतको विविध थरिका कामना गर्दै छठ पूजा गरिन्छ । पूजा अवधिभर यो पर्वको विधि एवं परम्परासँग जोडिएको लोकगीत गाइन्छ र बजाइन्छ । बिहानको अर्घ्यलगत्तै सूर्य महिमाको कथा वाचन गरेपछि छठको समापन हुन्छ । व्रतालुले घाटमै बिहान प्रसाद खाएर उपवास तोड्छन् र उपस्थितलाई प्रसाद बाँड्दै घर फर्कन्छन् । प्रसाद वितरणको क्रम भने धेरै दिनसम्म चलिरहन्छ ।


प्रकाशित : मंसिर १, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्