कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

लुम्बिनीबाट विश्व शान्तिको सन्देश [तस्बिरहरू]

तस्बिर : मनोज पौडेल

लुम्बिनी — संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तिका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । हिंसा, द्वन्द्व त्यागेर सबैका लागि विश्व शान्ति अपरिहार्य रहेकाले यो सन्देश लुम्बिनीबाट दिन पाउँदा गौरवान्वित महसुस गरेको बताए ।

बिहान साढे ८ बजे लुम्बिनी आउने कार्यक्रम भए पनि साढे दुई घण्टा ढिलो गरी उनी ११ बजे आएका थिए । उनी यहाँबाट एक घण्टामा कार्यक्रम सकेर १२ बजेर १० मिनेटमा काठमाडौं फर्केका थिए । उनले बेबी बुद्धमा पुष्पगुच्छा र पवित्र लुम्बिनी बगैंचामा वृक्षारोपण गरेका थिए । उनले मायादेवी मन्दिरमा पूजाआजा गरी बोधी वृक्षमा पुगेर शान्ति बत्ती बालेका थिए । त्यहीँ उनलाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुद्ध मूर्ति उपहार दिएका थिए ।

लुम्बिनीमा महासचिवलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आएका थिए । महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन्, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वबारे वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले जानकारी दिएका थिए ।

प्रकाशित : कार्तिक १४, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्