१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दसैं उमंग

संजोग मानन्धर, तस्बिर : दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — यसपालिको दसैं घरआँगनमा भित्रिएको छ । बजारमा किनमेल गर्ने, चाडलाई खानपान जोहो गर्नेको भीडले सहरबजार चलायमान छन् । लिंगेपिङको चचहुई र चंगा चेट्ले दसैं आगमनलाई अझ रौनक थपेका छन् । राजधानी र ठूला सहरबाट घर फर्कनेको लर्कोले सार्वजनिक सवारीसाधनमा भीड थामिनसक्नु छ ।

काठमाडौंका कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्कलगायतका क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् । दैनिक झन्डै एक लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छ । घटस्थापनापछि झन्डै ४ लाख ६५ हजार ९ सयभन्दा बढी यात्रुले उपत्यका छाडेका कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन् ।

प्रकाशित : कार्तिक ४, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्