कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

इद मुबारक !

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — मुस्लिम बहुल क्षेत्र कपिलवस्तुको तौलिहवास्थित इदगाह र मस्जिदमा मुस्लिम धर्मावलम्बीहरु भेला भएर प्रार्थना गरेका छन् । ईदगाह र मस्जिद उल्लासमय बनेको छ । इदका दिन शनिबार मुस्लिम धर्मावलम्बीहरु कपिलवस्तु नगरपालिकाको बसपार्कस्थित इदगाहमा र छोट्की तौलिहवास्थित मस्जिद पुगेर नमाज पढेका थिए ।

सानादेखि ठूलो सबै बिहानै स्नान गरी सफासुग्घर भइ नयाँ कपडा लगाएर पुगेका थिए । सबैले धार्मिक विधिपूर्वक नमाज पढे । सबै जना अंगालोमा बाधिएर गला मिलाउँदै खुसीयाली साटासाट गरेका थिए । गरिब विपन्नलाई दान गरे । छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरु पनि पुगेर धार्मिक विधिपूर्वक सामूहिक नबाज पढेका थिए । नमाज स्थलमा शुभकामना आदानप्रदान गर्न संघीय सासद सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सभासद् सुधाकर पाण्डे, कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पौडेल र पूर्वमन्त्री वृजेशकुमार गुप्ता पुगेका थिए । कपिलवस्तु जिल्ला मुलुककै दोस्रो ठूलो मुस्लिम बहुल क्षेत्र हो ।


प्रकाशित : वैशाख ९, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्