कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

लुम्बिनीमा नयाँ वर्ष मनाउनेको घुइँचो

तस्बिर : मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा २०८० सालको पहिलो दिन नयाँ वर्ष मनाउन आउनेको घुइँचो लागेको छ । कोरोना भाइरस संक्रमणकाकारण तीन वर्ष यता घरभित्रै खुम्चिएका आन्तरिक पर्यटक खुला रूपमा मनाउन भीड बढेको यियो ।

निक्कै उत्साहित र उमंगित हुँदै सर्वसाधारणले लुम्बिनीमा नयाँ वर्षमा खुसीयाली साटासाट गरे । तस्बिर खिच्ने र सेल्फी लिने उत्तिकै थिए । मायादवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन थियो । २०८० को पहिलो दिन शुक्रबार मात्रै १२ हजारभन्दा बढी स्वदेशी पर्यटकले लुम्बिनी मायादेवी मन्दिर अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । नयाँ वर्षमा जिप, बस, कार, भ्यान, साइकल र मोटरसाइकलमा पर्यटक आएका छन् ।


प्रकाशित : वैशाख १, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्