१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कुर्मी हत्या प्रकरण : माइतीघरमा न्यायको पुकार

शब्द/तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार पनि माइतीघरमा धर्ना र प्रदर्शन भएको छ । बाँकेकी रुबी खानसहितका महिला अधिकारकर्मीहरूले अनिश्चितकालीन धर्ना र रिले अनसन गरेका हुन् ।

धर्ना तथा प्रदर्शनमा ऐकवद्धता जनाउन डा. गोविन्द केसी, नारायण वाग्ले, ओम अर्याल, सचिन घिमिरे, विजयबाबु शिवाकोटी, पवन थापामगर, पृतम सुवेदी लगायतका अभियन्ताहरू पनि माइती पुगेका थिए । आइतबार बिहान कलंकीदेखि सुरु भएको महिला अधिकारकर्मीहरूको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको हो । निर्मला कुर्मीको हत्याको ४ वर्षसम्म पनि सरकारले दोषीमाथि कारबाही गर्न नसक्दा उनीहरू आन्दोलित बन्दै आएका छन्। यसअघिको सरकारले छानबिन समिति बनाए पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने चासो देखाएको छैन ।

'छानबिन समितिको प्रतिवेदन कहिले हुन्छ कार्यान्वयन ?,' 'सीआईबी एक वर्ष पूरा तर अनुसन्धान अधुरा,' 'निर्मला कुर्मीको अपहरण शरीर बन्धक कर्तव्य ज्यान गरी हत्यामा न्याय देऊ सरकार' लगायतका नारा लेखिएका ब्यानरसहित अधिकारकर्मीहरूले धर्ना गरेका हुन् ।


प्रकाशित : पुस १७, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्