२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बालेनको विरोध शैली

पाठक पत्र

सामान्यतया कसैले केही कुराको विरोध गर्नुपरे संसद् अवरोध गर्ने, सडकमा नारा जुलुस, चक्काजाम, नेपाल बन्द, कालोपट्टी बाँध्ने, कार्यालय घेराउ गर्ने, ज्ञापनपत्र बुझाउने जस्ता प्रक्रिया अवलम्बन गर्छन् । तर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको हरेक कुरामा विरोध गर्ने शैली फरक छ । कहिले फोहोर व्यवस्थापनमा सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहोर नै नउठाइदिने, कहिले सिंहदरबारमा आगो लगाइदिने जस्ता अभिव्यक्ति दिन्छन् ।

चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै मेयर शाहको निर्देशन बमोजिम महानगरपालिकाले शनिबार सडक विभागको कार्यालय अगाडि एक ट्रक धूलो थुपारेको छ । मेयर शाहले जुन सडक खण्डको काममा ढिलासुस्ती भएको भनेर नेपाल सरकारमाथि दबाब स्वरूप उक्त कदम चालेका छन्, त्यस सडकको निर्माण प्रक्रिया नेपाल सरकारको नियन्त्रणमा छैन ।

यस विषयमा मेयर शाहलाई थाहा होला या नहोला तर उनको यो कदमले नेपाल सरकारकै स्वामित्वमा रहेका यस्तै थुप्रै अलपत्र परेका कामलाई समेत छिटो सक्नुपर्ने दबाब भने पक्कै दिनेछ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : जेष्ठ १४, २०८१ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x