३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘कम बोल, धेरै काम गर’

पाठक पत्र

'जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं : गृहमन्त्री’ लेखमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

कृष्णबहादुर महरालाई जस्तै उपचार गरेर छाड्ने त होला होइन ?
– दिवस भट्टराई

समातेर अस्पताल लगेर राम्रो उपचारपछि दूधले नुहाइदिएर मात्रै छाडिदिनुस् है गृहमन्त्रीज्यू ।
– लीला तामाङ

समाएसी कुन अस्पताल भर्ना गर्ने हो ?
– हरि आचार्य

महरालाई जस्तो हो भने छाडिदिनु भो खोक्न । हामी त्यसै छाड्दैनौं भनेको हो रहेछ, गिरफ्तार गरेर औषधि उपचार गरेर छाडिदिएको ताजै छ ।
– सोम कार्की

घाँटी त तपाईंको पनि खसखसाउँछ होला यसरी भाषण गर्दा ।
– शारदा शाही

कम बोल । धेरै काम गर । अन्तिम मौका पाएका छौ, जनताको विश्वास जोगाउने काम गर ।
– आरके पौडेल

समाउने, छुटाउने सबै नाटक हुनेछ ।
– रविन गुरुङ

रविजी, दुःख नगर्नुस् । समाएर के गर्नु हुन्छ र, आखिर छाड्न परिहाल्छ, कारबाही त परै जाओस् ।
– रामप्रसाद भुसाल

आस गरौं, काम नहुन्जेल भर नपरौं ।
– गणेश विष्ट

धरौटीमा रिहाइको सेटिङ मिलेपछि समाउने होला ।
– कुमार सापकोटा

ल्याउनै पर्‍यो नि, आफू गृहमन्त्री भएकै बेला चोखिन सजिलो हुन्छ ।
– सन्तोष लिम्बू

भ्रष्टाचारीलाई त्यसै छाड्दैनौं भन्थे, हो रहेछ । अस्पताल लगेर, उपचार गरेर मात्र छाडे छन् । गुड लक रवि दाइ ।
– राम भट्ट

अस्ति विपक्षमा हुँदा त म १ सातामा ल्याउँछु भनेको होइन ? अहिले कति साता भयो ?
– विलास थापा

भाषण गर्ने होइन, ठगहरू समात्नुपर्‍यो ।
– भोलानाथ घिमिरे

मुखले गफ गर्ने होइन काम गरेर देखाऊ । कसैको दबाबमा नपर ।
– जेएन भट्टराई

प्रकाशित : चैत्र १३, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?