कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसद्‌ अवरुद्ध पारेर सत्ता भत्काउने चलखेल भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले मुलुकमा अहिले अस्थिरताले निरन्तरता पाइरहेको बताए । 

संसद्‌ अवरुद्ध पारेर सत्ता भत्काउने चलखेल भइरहेको छ : महासचिव पोखरेल

महासचिव पोखरेलले मुलुक राजनीतिक अन्योलको अवस्थाबाट गुज्रिरहेको भन्दै नेपाली कांग्रेसले संसद्‌मा अवरोध सिर्जना गर्ने र सत्ता समीकरण भत्काउने चलखेलमा रहेको आरोप लगाए ।

उनले भने, ‘आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसद्लाई नेपाली कांग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण के हो ? भन्दा अझ ज्यादा अस्थिरता सिर्जना गर्‍यो भने समीकरण भत्काउन सकिन्छ । र फेरि आफ्नो सहभागितामा गठबन्धनको राजनीति अघि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली कांग्रेसले संसद्लाई बन्धक बनाइरहेको छ ।'

महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामर्थ्य नेकपा एमालेले जुटाउन नसकेको बताए । उनले मिसन-०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा स्थापित गर्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?