कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सिरोहियामाथिको धरपकड प्रतिशोधको उपज : पूर्वमुख्यमन्त्री शाह

अर्जुन शाह

धनगढी — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले आतंककारी शैलीमा गिरफ्तार गरेको भन्दै सुदूरपश्चिम प्रदेशका कांग्रेस सांसदहरुले विरोध जनाएका छन् । 

सिरोहियामाथिको धरपकड प्रतिशोधको उपज : पूर्वमुख्यमन्त्री शाह

शनिबार धनगढीमा आयोजित नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनलाई संबोधन गर्दै सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कान्तिपुरले सहकारीमा भएको ठगी र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे निरन्तर समाचार लेखेको प्रतिशोधमा अध्यक्ष सिरोहियालाई मिडिया हाउसबाटै धरपकडसहित गिरफ्तार गरिएको बताए ।

'सिरोहियाको गिरफ्तारी सबै मिडियालाई तर्साउनका लागि गरिएको हो,’ संसदीय दलका नेता शाहले भने, 'सिरोहियाको रिहाइ नभएसम्म निरन्तर विरोध चर्किनेछ ।’

यस्तै, सुदूरपश्चिमका पूर्वमन्त्री तथा हालका सांसद प्रकाशबहादुर देउवाले आफ्नाविरुद्ध समाचार लेखेकै भरमा झुटा मुद्दा लगाएर सरकारले प्रेसलाई तर्साउन खोजेको बताए । 'सरकारको नवअधिनायकवादका विरुद्ध आइतबारदेखि प्रदेशस्तरमा पनि आन्दोलन चर्काउँछौं ।’

कांग्रेसकै प्रदेश सांसद एवं कांग्रेस सुदूरपश्चिमका महामन्त्री मेघराज खड्काले कांग्रेस प्रेस स्वतन्त्रताका लागि लडेको पार्टी भएको बताउँदै सरकारले नागरिकता प्रकरणमा मिडियाकर्मीलाई पक्राउ गरेर मुद्दा चलाएको र अर्को व्यक्ति सरकारमा गृहमन्त्री रहेको बताए । उनले मिडियालाई तर्साउने नियत कांग्रेसका लागि अस्वीकार्य रहेको बताए ।

प्रकाशित : जेष्ठ १२, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?