कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताएका छन् । शनिवार ललितपुरमा कार्यक्रममा बोल्दै उनले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताइन् । 

अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज छ : पूर्वप्रधानन्यायाधीश कार्की

लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ–नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा न्याय क्षेत्रमा वकालत गर्न लाग्दा बाँसको कलमले लेख्ने र सबै सार्नुपर्ने अवस्था रहेको र त्यो बेलामा पनि शारदा श्रेष्ठसहितका न्यायाधीशहरुले महिलाहरुको हक हितका लागि काम गरेको बताइन् ।

उनले भनिन्, ‘अहिल त धेरै सुविधा छ न्याय क्षेत्रमा काम गर्नलाई । न्याय क्षेत्रमा काम गर्नलाई अहिले धेरै सुविधा छ । म पनि बाँसको कलमले नै वकालत सुरु गरेर आएकी हुँ । म जाँदा २०३५ सालमा बाँसका कलमले लेखिन्थे । अदालतमा जम्मै हातले सारिन्थे । अहिले त त्यस्तो छैन । दुनियाँ यति सजिलो छ काम गर्नलाई ।’

पूर्वउपराष्ट्रपति परमानन्द झाले काठमाडौंमा जन्मिएका र न्याय क्षेत्रको पैरवी गर्नेहरु काठमाडौं छोड्न राजी नहुने समयमा श्रेष्ठले काठमाडौं बाहिर जाने आँटले नै स्थापित व्यक्तित्व बनाएको बताए । उनले श्रेष्ठको जीवन सादगी र मायालु रहेको बताए ।

उनले भने, ‘शारदा श्रेष्ठज्युको जीवन असाध्यै सादगी र असाध्यै मायालु जीवन हो । उहाँ टाढा टाढाका साथीहरुलाई पनि कहिले कहीँ भेट हुँदा पनि अपनत्वका साथ पूरा गर्नुहुन्छ । उहाँ सहनशील हुनुहुन्छ । उहाँलाई जतिबेला काठमाडौं छोडेर अन्यत्र काममा जान आदेश आयो, सरक्क जानुभयो । काठमाडौंमा जन्मिएका न्याय सेवाका कर्मचारीहरु काठमाडौं छोडेर बाहिर जानु भनेको राजीनामा दिन तयार छु तर काठमाडौं बाहिर जान्न भन्ने पनि थिए । त्यो बेलामा उहाँले काठमाडौं छोडेर बाहिर जोन आँट गर्नुभयो, त्यो नै उहाँलाई स्थापित गर्ने अवसर थियो ।’

प्रकाशित : जेष्ठ १२, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?