२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

कानुनी राज्य प्रतिशोधका आधारमा चल्न हुँदैन : सांसद पौडेल

काठमाडौँ — कांग्रेस सांसद प्रदीप पौडेलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि लगाएको आरोप पूर्वाग्रह रहेको बताउँदै ठगीका आरोप लागेका सबैमाथि छानबिन गर्न माग गरेका छन् । 

कानुनी राज्य प्रतिशोधका आधारमा चल्न हुँदैन : सांसद पौडेल

‘कानूनी राज्य प्रतिशोधका आधारमा चल्न हुँदैन । तर हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि राज्यले गरेको व्यवहारमा प्रतिशोध देखिन्छ,’ पौडेलले भने, ‘उनीमाथि निष्पक्ष छानबिन होस्, साथसाथै यस्तै मुद्दामा मुछिएका आमजनता ठगीको आरोप लागेका सबै जना छानबिनको दायरामा आउन् ।’

अध्यक्ष सिरोहियालाई मंगलबार कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०८१ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x