कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

काठमाडौँ — त्रिभूवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन् । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन् ।

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो । उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

प्रकाशित : चैत्र ३०, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?