कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सभामुखले बोलाएको बैठकपछि कांग्रेसले भन्यो : सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ

काठमाडौँ — सभामुख देवराज घिमिरे ४ ठूला दलका शीर्ष नेताहरूसँग छलफल बिनानिष्कर्ष टुंगिएको छ । संसद्‍मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए ।

सभामुखले बोलाएको बैठकपछि कांग्रेसले भन्यो : सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी स‌ंलग्नता सम्बन्धमा छानबिन समिति माग गरेको विषयमा छलफल गर्न सभामुख घिमिरेले सोमबार बैठक बोलाएका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको बताए । अहिलेसम्म कांग्रेसले सदाशयतापूर्वक प्रस्तुत भए पनि अब सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने उनको भनाइ छ ।

'अहिलेसम्म हामीले संसद्लाई अवरुद्ध गरेका छैनौँ । सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै छ । सरकार यतिका नागरिकको विचल्ली भएको छ, त्यसप्रति संवेदनशील/गम्भीर हुन सकेको छैन । हामीले संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्‍मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ,' प्रमुख सचेतक लेखकले भने ।

छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र कांग्रेस प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । त्यस्तै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला बैठकमा सहभागी छन् । रास्वपाबाट भने गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । त्यस्तै माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र प्रमुख सचेतक हितराज पाण्डे बैठकमा उपस्थित थिए ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति नबनाए सदन अवरुद्ध गर्न सक्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित : चैत्र २६, २०८० १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?