कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ — राष्ट्रिय सभाकाे उपाध्यक्षमा एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदमा चैत २८ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा एमालेले घिमिरे लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार २ वर्षको कार्यकाल बाँकी रहेकी बिमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हाे । 'उहाँ याेग्य र सिनियर हुनुभएकाले राष्ट्रिय सभामा उपाध्यक्ष बनाउने निर्णय भएको हाे,' दाहालले भने, 'सत्ता समीकरणमा रहेका दलहरुसँग छलफल गरेरै उहाँलाई उम्मेदवार बनाइएको हो । उहाँ गठबन्धनको उम्मेदवार हो ।'

उनले उपाध्यक्षको दावी गरेको एकीकृत समाजवादीसँग छलफल भएपछि सहमतिमै घिमिरेलाई उम्मेदवार बनाइने बताए । घिमिरे कपिलवस्तुबाट राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : चैत्र २२, २०८० १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?