कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा कांग्रेस अडिग

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । 

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा कांग्रेस अडिग

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानआीन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएकी हुन् । उनले आगामी संसद् बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन् ।

‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसद्भित्र र जवाफ दिनु अगाडि संसद् बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो । पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ?,' उनले भनिन् ।

गृहमन्त्री लामिछानेले मंगलबार गैरजिम्मवार भएर कुरा राखेको पनि सांसद न्यौपानेको भनाइ छ । 'उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद् बन्दाखेरी सरकार चल्छ ? त्यो कदापी पनि हुन सक्दैन,' उनले भनिन् ।

सांसद न्यौपानेले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताइन् । उनले प्रतिपक्षलाई संसद् अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरेमा सरकार नचल्ने बताइन् ।

प्रकाशित : चैत्र ७, २०८० १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?