कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो प्रधानमन्त्री पदको कारण नयाँ समीकरण बनेको होइन : दाहाल 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन् ।

मेरो प्रधानमन्त्री पदको कारण नयाँ समीकरण बनेको होइन : दाहाल 

सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताए ।

नयाँ गठबन्धनको सरकार बनेसँगै नयाँ कामको सुरुआत भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । 'जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीव्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,' प्रधानमन्त्रीले भने, 'नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।'

प्रधानमन्त्रीले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको बताए । सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न उनले निर्देशन दिए ।

'जनतामा नयाँ आशा र भरोषा जगाउने कुराको कुनै विकल्प छैन,' प्रधानमन्त्रीले भने, 'यो संकल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्योरोमा जाने खतरा छ, जनताको पक्षमा काम गर्नुहोला ।'

प्रकाशित : चैत्र ६, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?