कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेसपा भट्टराई पक्षद्वारा माओवादीसँग एकता गर्न गठित संयोजन समिति भंग

काठमाडौँ — पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न गठित संयोजन समिति भंग गरेको छ । 

नेसपा भट्टराई पक्षद्वारा माओवादीसँग एकता गर्न गठित संयोजन समिति भंग

नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादव पक्षले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि भट्टराई पक्षले एकता संयोजन समिति भंग गरेको हो । ‘यसभन्दा अघि गठित पार्टी एकता/ध्रुवीकरण संयोजन समिति भंग गरिएको छ,’ निर्णयमा छ ।

चैत ४ र ५ मा बसेको केन्द्रीय समिति बैठकले यादव समूहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । ‘बैठकले पार्टी विधि, पद्धति र अनुशासनविपरीत माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले केही व्यक्तिहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएका व्यक्तिहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ,’ निर्णयमा उल्लेख छ ।

नेसपाले ‘प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय’ गरेको छ । बैठकले २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियान सञ्चालन गरिने, असोज महिनामा पार्टीको विधान अधिवेशन गर्ने जनाएको छ ।

बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली जनलोकपालको गठन लगायत सुशासन, सामाजिक न्याय र समृद्धिसहित जनजीविकाका सवालहरू लक्षित अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णप्रसाद शर्माले जारी गरको विज्ञप्तिमा भनिएको छ ।




प्रकाशित : चैत्र ६, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?