कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

भूकम्पपीडितलाई अस्थायी आवास अनुदान एकै किस्तामा दिन कांग्रेसको आग्रह

काठमाडौँ — नेपाली कांग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । 

भूकम्पपीडितलाई अस्थायी आवास अनुदान एकै किस्तामा दिन कांग्रेसको आग्रह

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न आग्रह गरेको हो ।

जाजरकोट भूकम्पबाट पीडितलाई सरकारले अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर त्यो रकम अहिलेसम्म पनि पीडितको हातमा पुगेको छैन । पीडितहरू चिसो भुइँमा त्रिपालमुनि रात कटाउन बाध्य छन् । सरकारले घोषणा गरेको अनुदान दुई किस्तामा वितरण गर्ने निर्णण गरेको थियो । तर अस्थायी आवासका लागि दिन लागिएको सानो रकमसमेत दुई किस्तामा वितरण गर्दा पीडितहरुलाई सुविधाभन्दा सास्ती हुने भन्दै कांग्रेसले त्यसलाई एकै किस्तामा उपलब्ध गराउन आग्रह गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतले सरकारले गरिरहेका कामबारे जानकारी गराएका थिए । त्यसक्रममा अनुदान रकम एकै किस्तामा दिन सरकारलाई आग्रह गर्ने निर्णय भएको हो ।

‘सरकारले रकम दिने घोषणा गरेको छ । तर यो चिसोमा अस्थायी आवासका लागि दिएको त्यो रकमसमेत पीडितको हातमा पुगेको छैन भन्ने कुरामा हाम्रो चिन्ता छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘त्यसकारण हामीले त्यो रकमलाई एकै किस्तामा छिटोभन्दा छिटो पीडितहरूको हातमा पुर्‍याउन मन्त्रीजीहरूमार्फत सरकारलाई आग्रह गरेका छौं ।’

त्यस्तै, भूकम्पपीडित सुत्केरी महिला र बालबालिकाको मृत्यु भइरहेकोप्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराएको नेता विश्वकर्माले बताए ।

प्रकाशित : मंसिर १३, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?