धर्मनिरपेक्ष बारेमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा

नवीन पौडेल

(नवलपुर) — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् । उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । 

धर्मनिरपेक्ष बारेमा छलफल गर्न सकिन्छ, गणतन्त्र निर्विकल्प हो : देउवा

‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी हामिलाई मान्य छैन ।’

सम्मेलनमा बोल्दै देउवाले धर्मनिरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प नभएको बताए । पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए ।

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काग्रेसको नेतृत्व लागि परेको बताए । नेता र कार्यशैली प्रति असन्तुष्टि जनाउनु फरक कुरा भएको भन्दै निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । पार्टी जिल्ला सभापति तथा प्रदेशमन्त्री महेन्द्रध्वज जिसीको अध्यक्षतामा सुरु भएको प्रथम सम्मेलनले जिल्ला भित्र रहेका आर्थिक , सामाजिक र राजनितिक विषयमा छलफल गर्ने कार्यतालिका छ ।


प्रकाशित : मंसिर ११, २०८० १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?