२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

स्थायी र करारका कर्मचारी चाँडै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन्छन् : श्रममन्त्री

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको जानकारी दिए । 

स्थायी र करारका कर्मचारी चाँडै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन्छन् : श्रममन्त्री

सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा श्रममन्त्री भण्डारीले भने,'‘प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको छ । स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएका छौं । यसलाई सरकारले अगाडि बढाउँछ ।'

धेरै मुलुकहरुमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको प्रसंग उनले उल्लेख गरे । उनले कोषमा जम्मा भएको रकम परिचालन गरी रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।

सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् । उनले श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : मंसिर ११, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?